राजनीति


स्वास्थ्य मन्त्रालयको चेतावनीः औषधिको मूल्य बढ्नुपर्ने कुनै कारण छैन, बढाएको पाइए कडा कारबाही

स्वास्थ्य मन्त्रालयको चेतावनीः औषधिको मूल्य बढ्नुपर्ने कुनै कारण छैन, बढाएको पाइए कडा कारबाही

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १:४५,

कोरोना भाइरसको महामारी सुरु भएयता देशमा औषधिको मूल्य महँगो गर्न थालिएको जनगुनासो आइरहेको भन्दै त्यसको कडा अनुगमनम थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणको समस्या जारी रहे पनि औषधिको मूल्य बढाउनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै मन्त्रालयले यसबारे अनुगमन गर्ने र कसैले औषधिको मूल्य बढाई ठगी गरेको पाइए कडा कार्बाही चेतावनी दिएको हो।

‘हामीकहाँ कोरोना महामारीका कारण औषधि महँगो हुन थालेको जनगुनासो आइरहेको छ,’ कोभिड–१९ को दैनिक अपडेट कार्यक्रमअन्तर्गत शुक्रबार अपराह्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘औषधि बढाउनुपर्ने कुनै कारण छैन, स्वास्थ्य मन्त्रालयका तर्फबाट यसको कडा अनुगमन थालिनेछ र कसैले औषधिको मूल्य बढाई बिरामी ठगेको पाइए कडा कार्बाही हुने चेतावनी दिन चाहन्छौं।’

औषधिको मूल्य बढ्नुपर्ने कुनै कारण नभएको बारे यसअघि नै स्वास्थ्य विभागले प्रस्ट पारिसकेको जानकारी गराउँदै प्रवक्ता देवकोटाले यसबारे सम्बन्धित सबैलाई औषधिमा कुनै पनि किसिमको मूल्य वृद्धि नगर्न/नगराउतर्फ स्वास्थ्य मन्त्रालयको विशेष आग्रह रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad