राजनीति


आन्दोलनरत नर्स र सरोकारवाला पक्षबीच वार्ता सुरु

आन्दोलनरत नर्स र सरोकारवाला पक्षबीच वार्ता सुरु

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १५:३१, काठमाडौँ

आन्दोलनरत नर्स र सरोकारवाल पक्षबीच वार्ता सुरु भएको छ। 

सरकारको पहलमा नेपाल नर्सिङ संघ, निजी मेडिकल कलेजका सञ्चालकरूबीच छलफल सुरु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको १४ सदस्यीय समितिको पहलमा अहिले त्रिपक्षीय बैठक बसेको हो।

स्वास्थ्य मन्त्रालयमा दिउँसो २ बजेदेखि बसेको बैठकले आज नै नर्सहरूसँग सहमति गर्ने गरी तयारी गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।

‘भोलिदेखि तिहार बिदा सुरु हुने हुँदा आज नै टुंगाउने गरी छलफल भइरहेको छ’उनले भने।

सरकारले तोकेको पाँचौ श्रेणी अन्तर्गतको पारिश्रमिक पाउनु पर्ने माग राख्दै हाल देशभरका नर्सहरू आन्दोलनमा उत्रिएका छन्। असोज १० गते कास्कीको मणिपाल मेडिकल कलेजका नर्सहरूले सुरु गरेको आन्दोलनमा सबै अस्पतालका नर्सको सर्मथन बढेको छ ।

स्वास्थ्य मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयपछि पारिश्रमिक नबढेको भन्दै सेवा बहिष्कार गरेर नर्सहरूले आन्दोलन सुरु गरेका छन् । 

नर्स आन्दोलन चर्किएपछि स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिएकी थिईन्। 

नर्सको समस्या समाधान गर्न सरकारले प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा  १४ सदस्यीय समिति गठन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad