राजनीति


सम्पादकले आत्मालोचना किन नगरेको भनेर सोध्दा ओलीको प्रतिप्रश्न- तपाईंहरूले गर्नुभयो?

सम्पादकले आत्मालोचना किन नगरेको भनेर सोध्दा ओलीको प्रतिप्रश्न- तपाईंहरूले गर्नुभयो?

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १४:५३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन र त्यसपछि भएका मानवीय र भौतिक क्षतिबारे पत्रकारहरुले पनि आत्मआलोचना गर्नु पर्ने बताएका छन्। 

आइतबार संवादकहरुसँगको संवादमा यत्रो क्षति हुँदा पनि किन आत्मआलोचित नभएको भन्ने प्रश्न उनलाई गरिएको थियो। त्यसको जवाफमा ओलीले पत्रकारहहरू पनि जेनजी आन्दोलनमा भएको हिंसाको कारक भएको भन्दै आत्मलोचना तपाईंहरुले पनि गर्नुभयो होला भनेर प्रतिप्रश्न गरे।

‘अरुले आत्मआलोचना गरे, सम्पादकज्यूहरुले पनि गर्नु भयो होला,’ ओलीले भने, ‘अशान्तिको वातावरण बनाएकोमा, हिंसाको वातावरण बनाएकोमा पक्कै पनि महसुस गर्नु भएको होला भन्ने ठान्छु म। प्रोभोकेसन जुन गर्नु भएको थियो, सबैलाई भन्दिनँ जसले गर्नु भएको थियो उसैले सम्झिनुहोला भन्ने ठान्छु।’

उनले आफूमा अहंकार नभइ सत्य बोल्ने बानी भएको उल्लेख गरे। ‘पक्कै पनि हेर त दम्भव, अहंकार भन्नुहुन्छ। यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी छ,’ ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad