राजनीति


विप्लव नेतृत्वको नेकपाले भन्यो: सुशीला कार्की नेतृत्वको सरकार खारेज गरौँ

विप्लव नेतृत्वको नेकपाले भन्यो: सुशीला कार्की नेतृत्वको सरकार खारेज गरौँ

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १४:३६, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनुपर्ने माग गरेको छ। 

गएको असोज २६ देखि ३० गतेसम्म कपिलवस्तुमा नेकपाको केन्द्रीय कमिटीको विशेष बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले वर्तमान सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेका हुन्।  

'देशलाई वास्तविक निकासतिर डोर्‍याउने हो भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनुपर्दछ,' उनले भने, 'यसको ठाउँमा जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेसी, बुद्धिजीवी र राजनीतिक दलहरू सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्दछ।'

नयाँ बन्ने अन्तरिम सरकारले विशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दे संविधान संशोधन, उच्चस्तरीय संविधान लेखन आयोग गठन गर्नुपर्ने, सोही आयोगले संविधानको पुनर्लेखन गर्दै राज्यको पुनर्संरचना गरी प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गरिनुपर्नेमा नेकपाले जोड दिएको छ।

यस्तै, उत्पीडित जातिहरूको अग्रअधिकारसहितको समाजवादी संघीय राज्य निर्माणमा जोड दिनुपर्ने नेकपाको भनाइ छ। ‘जेनजी’ विद्रोहको उद्देश्य प्राप्त गर्न असफल भएर सरकार परिवर्तन र निर्वाचन घोषणामा खुम्चिएको नेकपाले टिप्पणी गरेको छ।

जेनजी विद्रोहपछि गठित अन्तरिम सरकार आन्दोलन र निकासको आवश्यकतासँग मेल नखाने नेकपाको ठहर छ। प्रवक्ता विश्वकर्माले सरकारको निर्णयले सबै विद्रोही शक्तिलाई जोड्न नसकेको आरोप लगाए। जेनजी आन्दोलनपछि कुनै पनि आन्दोलनकारी शक्ति र प्रवृत्ति सन्तुष्ट बन्न नसकेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad