राजनीति


मधेसमा मन्त्रिपरिषद् विस्तारको छलफलका लागि मुख्यमन्त्री सोनल काठमाडौँमा

मधेसमा मन्त्रिपरिषद् विस्तारको छलफलका लागि मुख्यमन्त्री सोनल काठमाडौँमा

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १४:६, काठमाडौँ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल मन्त्रिपरिषद् विस्तारको गृहकार्यका लागि यतिबेला काठमाडौँमा छन्। 

बिहीबार मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गरेका सोनल शनिबार बिहान काठमाडौँ आएका हुन्। 

लोसपाका नेता सोनल पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। 

मुख्यमन्त्रीमा शपथ गरेकै दिन जनमत पार्टीबाट महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेललाई मन्त्री नियुक्त गरेका सोनलले अहिलेसम्म मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन्। 

गठबन्धनमा सहभागी दलहरुबीच मन्त्रालय भागबण्डा नटुंगिएको कारण उनले मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरेका स्रोतले जनाएको छ। यादव र पटेल बिहीबारै मन्त्री नियुक्त भए पनि उनीहरुले पाउने मन्त्रालय भने अझै टुंगिएको छैन। 

गठबन्धनमा सहभागी दलका शीर्ष नेतृत्वसँग बसेर मन्त्रालयको भागबण्डा टुंग्याउने उद्देश्यले सोनल काठमाडौँ आएका उनको सचिवालय स्रोतले जनाएको छ। 

गठबन्धनको सबैभन्दा ठूलो दल जसपाले चार मन्त्रालय पाउने सहमती पाँच दलबीच भएको छ। त्यसैगरि जनमतले पनि चारवटै मन्त्रालयमा दाबी गरेको छ। तर उनले तीनवटा मन्त्रालय पाउने सम्भावना छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने २–२ वटा मन्त्रालय पाउने सहमति पाँच दलबीच भएको छ। लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी अन्य दलले गरेका छन्। 

तर, जनमतका १३ जना सांसद्को हस्ताक्षर बुझाएर सरकार गठनको लागि बहुमत जुटाएका सोलनलाई जनमतका दुई सांसद्ले फरक दल रोज्दा नैतिक संकट परेको छ। 

यसअघि जनमतबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहसहित दुई सांसदले जनमत फुटेर बनेको जनस्वराज पार्टी रोजेका छन्। तर, उनीहरुले पनि आफ्नो समर्थन सोनललाई नै रहने घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad