राजनीति


‘सम्पादकहरूसँग संवाद’ गर्दै एमाले अध्यक्ष ओली

‘सम्पादकहरूसँग संवाद’ गर्दै एमाले अध्यक्ष ओली

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८२ आइतबार ८:२१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया  गर्दैछन्। 

सत्ताच्युत भएपछि वर्तमान सरकारविरुद्ध कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका ओलीले आइतबार दिउँसो एक बजे काेटेश्वरस्थित होटल ए वान भेन्यूमा सम्पादकहरूसँग छलफल गर्न लागेका हुन्।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले अध्यक्ष ओलीको उपस्थितमा ‘सम्पादकहरूसँग संवाद’ कार्यक्रम आयोजना गर्न लागिएकाे जानकारी दिए। 

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सत्ताच्युत भएपछि ओलीले पहिलोपटक पत्रकारसँग अन्तरक्रिया गर्न लागेका हुन्। 

यसअघि गएको भदौ २४ गते प्रेस सेन्टरले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्पादकहरूसँग संवाद कार्यक्रम गरेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad