राजनीति


सरकारलाई ओलीले सोधे- केमा मुद्दा लगाउनुहुन्छ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा?

सरकारलाई ओलीले सोधे- केमा मुद्दा लगाउनुहुन्छ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा?

नेपालखबर
कात्तिक १, २०८२ शनिबार १५:४९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार दिनदिनै आफूलाई कसरी पक्राउ गर्ने भनेर बैठक गरिरहेको आरोप लगाएका छन्।

शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केमा मुद्दा लगाउने भनेर समेत प्रश्न गरे।

‘दिनैपच्छिे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुटा मुद्दा लगाउने भनेर बैठक बसेर बन्छ देश?,’ ओलीले भने, ‘केमा मुद्दा लाउनुहुन्छ? के मा? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने? कि कुनै आधार छ, कारण छ?’

उनले आफू जनुसुकै समयको पनि सम्पति छानबिन गर्न तयार रहेको समेत बताए। ‘हामीले भनेका छौँ, हाम्रो पार्टीले भनेको छ २००७ सालदेखिको छानबिन गर्नु छ भने पनि गरौँ,’ ओलीको भनाइ छ, ‘२०४६ पछिकै छानबिन गर्नुपर्छ भने पनि गरौँ। २०६२/०६३ पछिको छानबिन गर्नुपर्छ भने पनि गरौँ।’ 

‘कहिलेदेखिको छानबिन गर्ने सम्पत्ति विवरण, छानबिन गरौँ,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad