राजनीति


जेनजी आन्दोलन भड्काउने टीओबी समूहबारे अध्ययनमा सेना

जेनजी आन्दोलन भड्काउने टीओबी समूहबारे अध्ययनमा सेना

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १८:४, काठमाडौँ

जेनजी आन्दोलन भड्काउन मुख्य भूमिका देखिएको भनिएको तिब्बतीयन ओर्जिनल ब्लड (टीओबी) समूहबारे नेपाली सेनाले पनि अध्ययन गरिरहेको जनाएको छ। 

सेनाको युद्धकार्य विभागका प्रमुख अनुपजंग थापाले शुक्रबार जंगी अड्डामा उक्त समूहबारे सञ्चारकर्मीलाई यस्तो जवाफ दिएका हुन्। 

‘यो समूहको बारेमा विभिन्न कुराहरु बाहिर र सञ्चारमाध्यममा आएका छन्। हामी पनि अध्ययन गरिरहेका छौँ। यहाँहरूलाई पनि त्यसबारेमा कुनै सूचना छ भने उपलब्ध गराएर सहयोग गरिदिनुहोस्,' उपरथी थापाले भने। 

२३ गतेको आन्दोलनमा मोटरसाइकलमा निस्किएको यो समूहले नै शान्तिपूर्ण रुपमा चलिरहेको जेनजी आन्दोलन भड्काएको आरोप छ। 

मोटरसाइकल पड्काउँदै भीडलाई उस्काउने र अगाडि बढ्न यो समूहले उस्काएको भिडिओहरू सार्वजनिक भएका छन्। 

यस्तै समूहकै एक सदस्यले हतियार पनि प्रदर्शन गरेको देखिएपछि प्रहरीले एक जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सेनाले पनि यो समूहबारे बुझ्ने काम भइरहेको बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad