नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार २५ जना नेताले धारणा राखेका छन्।
बैठकमा विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा (कोसी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राखेका थिए।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २८ देखि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी छ।
बैठक भोलि कात्तिक १ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले बताए।
Shares

प्रतिक्रिया