राजनीति


जनमत विभाजनविरुद्ध सीके राउतको रिटमा अल्पकालीन अन्तरिम आदेश

जनमत विभाजनविरुद्ध सीके राउतको रिटमा अल्पकालीन अन्तरिम आदेश

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १६:३२, काठमाडौँ

पार्टी विभाजनविरुद्ध जनमत पार्टीका अध्यक्ष सीके राउतले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।   

शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अहिलेसम्म भएका निर्णय यथास्थितिमा राख्न आदेश गरेको हो।

अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

इजलासले दुवै पक्षलाई कात्तिक १७ गतेका लागि डाक्दै पेसी तोकेको छ। जनमत पार्टीलाई फुटाएर दीपक साहले जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन्। 

अध्यक्ष राउतले भने पार्टीले कारबाही गरिसकेका व्यक्तिको हस्ताक्षर लिएर दल विभाजन गरिएको भन्दै रिट दायर गरेका थिए। त्यस्तै उनले दल विभाजनसम्बन्धी ऐन निष्क्रिय हुँदा कसरी दर्ता भएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर बिहीबार रिट दायर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad