समाज


ललितपुरबाट ५० किलो चाँदीसहित एक जना पक्राउ

ललितपुरबाट ५० किलो चाँदीसहित एक जना पक्राउ

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १७:५०, काठमाडौँ

ललितपुरबाट सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदी बरामद गरेको छ। 

बिहीबार दिउँसो चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएको पनि सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

चाँदीका गरगहना कारोबार गर्ने भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिशेख शेखलाई ललितपुर महानगरपालिका–१६ धौगलबाट नियन्त्रणमा लिएको डीएसपी थापाले बताए।

उनले भारतबाट अवैध रूपमा नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचबिखन गर्दै आइरहेको भन्ने सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो।

उनको साथबाट सशस्त्र प्रहरीले ५० किलो ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ बरामद गरेको छ। 

यस्तै चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आइप्याड १ थान र मोबाइल सेट १ थान समेत बरामद गरेको छ ।

नियन्त्रणमा लिएका व्यक्ति र सामान सबै राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको सशस्त्र प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad