राजनीति


निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन्ः गृहमन्त्री अर्याल

निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन्ः गृहमन्त्री अर्याल

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १६:३४, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाएका छन्।

जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाईबुझाई गर्ने दाबी गरे। सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाई छ। 

मन्त्री अर्यालले भने, ‘कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ। अब त्यो एलिमेन्टहरुलाई सकभर सम्झाई बुझाई नै गर्ने हो। त्यो एलिमेन्टहरुले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ। निर्वाचन जसरी नी गराउँछ, तोकिएकै मितिमा गराउँछ।’ 

वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागी बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे। निर्वाचनको लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत जिकिर समेत गरे। राजनीतिक दलहरूले भने सरकारले आफूहरूलाई वेवास्ता गरेको आरोप लगाउने गरेका छन्। 

उनले भने, ‘निर्वाचनको लागि सबै संवादमा आउन पर्यो। स्टेक होल्डरहरू संवादमा आउनुपर्‍यो। सरकारले संवादमा सहजीकरण गर्छ। राष्ट्रपतिज्यूले पनि संवाद शुरु गरिसक्नुभएको छ। हामीले हाम्रो तहबाट पनि संवादको लागि आह्वान गरिरहेका छौँ। यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन। निर्वाचन गर्ने हो, फ्रेस म्याण्डेड लिएर फेरि जोलाई आउनलाई त्यो अधिकार छ, राजनितिक अधिकार सुनिश्चित गर्नका लागि नै यो सरकारकार बनेको हो। फ्रि र फेयर ईलेक्सनको लागि बनेको हो। यसमा सहयोग गर्न पर्‍यो।’

उनले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताए। व्यापक राजनीतिक हस्तक्षेप भएको कारण प्रहरीको मनोबल गिरेको दाबी गर्दै उनले वर्तमान सरकारले उठाउने कोशिस गरिरहेको बताए। राजनितिक दलहरुले प्रहरीको दुरुपयोग गरेको उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad