राजनीति


सहकारी ठगीबारे प्रधानमन्त्री कार्की- जे गर्नुपर्छ गरौँ, तर ठगेर हिँड्नेलाई नछाडौँ

सहकारी ठगीबारे प्रधानमन्त्री कार्की- जे गर्नुपर्छ गरौँ, तर ठगेर हिँड्नेलाई नछाडौँ

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १६:४४, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताएकी छिन्। 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री अनिल सिन्हा मन्त्रालयका सचिव केदारनाथ शर्मा लगायतसँगको छलफलमा कानुनमा समस्या भए संशोधन गर्नुपर्ने उनले उल्लेख गरिन्। 

‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन,’ कार्कीले भनिन्, ‘यिनीहरू सुनका घडी लगाएर हिँड्छन्, महँगा गाडी चढेर हिँड्छन्। नक्कली डिभोर्स गराएर हिँड्छन्। उनीहरूलाई छाड्न मिल्दैन। बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं। जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ।’

सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad