राजनीति


शिक्षामन्त्री पुन भन्छन्: भागबण्डा नमिलेर रिक्त पदमा पदाधिकारी छान्दैछु, भनसुन लाग्नेछैन

शिक्षामन्त्री पुन भन्छन्: भागबण्डा नमिलेर रिक्त पदमा पदाधिकारी छान्दैछु, भनसुन लाग्नेछैन

नेपालखबर
असोज २९, २०८२ बुधबार २०:१३, काठमाडौँ

शिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरिएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत उनले पहिलेका सरकारको पालामा राजनैतिक भागबन्डा नमिलेर रिक्त रहन गएका पदहरूमा निष्पक्ष तरिकाले योग्य पदाधिकारीहरू छान्ने काम अगाडि बढाएको बताएका हुन्। 

उनले यसमा कुनै भनसुन नलाग्ने पनि स्पष्ट पारेका छन्।

आफू मन्त्री नियुक्त भएपछि आफूले गरेका कामबारे उनले स्पष्ट पारेका छन्।

मन्त्री पुन लेख्छन्–

म मन्त्रीले गरेका केही काम र छलफलहरू
१) सीटीईभीटीको २०६९ देखि सम्बन्धनका लागि निवेदन दिएको तर अहिले सम्म सम्बन्धन नपाएका आवेदनहरूको छानबिन गरि मंसिर महिनाभित्र रिजल्ट निकाल्न कार्यदल गठन गरियो।

२) नेपाल खुला विश्वविद्यालयको रिक्त रहेको १० जना र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ७ जना सिनेटरहरूको रिक्त रहेको पदमा बिना कुनै राजनैतिक दबाब नियुक्त गरियो र सिनेटरहरू नभएर रोकिएका कामहरू अगाडि बढाइयो।

३) विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रर्वतन, सूचना प्रविधी, जल तथा मौसम विज्ञान तथा विज्ञान प्रविधि सम्बन्धी सम्पूर्ण कामहरू सोही मन्त्रालय मार्फत गर्न गराउने कुराको फाइदा बारे छलफल सुरु गरियो।

४) विश्वविद्यालयहरूमा पहिलेका सरकारको पालामा राजनैतिक भागबन्डा नमिलेर रिक्त रहन गएका निकै धेरै पदहरूमा निष्पक्ष तरिकाले योग्य पदाधिकारीहरू छान्ने काम अगाडि बढाएको छु । यसमा कुनै भनसुन लाग्ने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad