नेकपा एमालेका महासचिव शंकर पोखरेलले षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा एमाले नेतृत्वको सरकार ढलेको बताएका छन्।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठक सञ्चालन मन्तव्य व्यक्त गर्दै महासचिव पोखरेलले पार्टी प्रयासको तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको बताएका हुन्।
‘हामीले संकटको पहिचान गरेका भए पनि समयमा चिर्न नसक्दा त्यसले पार्टी र देशलाई नै क्षति पुर्याएको छ,’ पोखरेलले भने।
एमालेका अघिल्ला केन्द्रीय कमिटी बैठकबाट जुन(जुन समस्या प्रवृत्तिका रूपमा देखा परेका भनेर निक्र्यौल गरिएको थियो, अहिले त्यही भएको दाबी उनले गरे।
111
Shares

प्रतिक्रिया