नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नीतिहरू राम्रा भएर नै निसानामा परेको दाबी गरेका छन्।
बुधबार ललितपुमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफूहरुले राम्रा काम गरेको बताए।
‘अरुभन्दा हामी धेरै निशानामा परेका छौं,’ ओलीले भने, ‘हाम्रा नीति राम्रा भएरै हामीमाथि धेरै प्रहार भइरहेको छ। नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तरताको वैचारिक र व्यवहारिकताको अगुवाई गरेका छौं। नेपालको सुशासन, सुव्यवस्था र स्थिरताको आन्दोलन र जबज प्रतिपादन हुनुभन्दा अगाडि र पछि हामी अघि बरिहेको अवस्थामा हामीले प्रभावकारी भूमिका खेलेका छौं। यी धेरै कुराहरु मन नपराउने शक्तिहरु छन्। राष्ट्रले शीर उठाएको मन नपाएका शक्तिहरु छन्। अरुले राष्ट्रहितमा बोल्नुनपर्ने एमालेमात्रै किन बोल्नुपर्ने शक्तिहरु पनि छन्। राष्ट्रिय हित र न्यायको पक्षमा छौं। यसर्थ हाम्रो राष्ट्रिय दृष्टिकोण राष्ट्रको हितमा र राष्ट्रिय सार्वभौकताको अडान लिएका छौं।’
Shares

प्रतिक्रिया