राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको कब्जामा रहेका विपिन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले जोशीप्रति श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटक पटक अथक प्रयास गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताएका छन्।
इजरायलको किब्बुत्ज अलुमिमस्थित बम शेल्टरमा हमासले आक्रमण गर्दा कृषि कार्यक्रम अन्तर्गत ‘लर्न एण्ड अर्न कार्यक्रम’मा इजरायल गएका १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए।
साेही आक्रमणका क्रममा विपिनलाई सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले आफूसँगै लिएर गएका थिए।
त्यसयता अवस्था अज्ञात रहेकोमा सोमबार मात्रै विपिनको निधन भइसकेको पुष्टि भएको थियो।
Shares

प्रतिक्रिया