राजनीति


एमाले केन्द्रीय कमिटीमा ओलीको राजनीतिक प्रतिवेदन पेस हुने, के होला भण्डारीको सदस्यता?

एमाले केन्द्रीय कमिटीमा ओलीको राजनीतिक प्रतिवेदन पेस हुने, के होला भण्डारीको सदस्यता?

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८२ मंगलबार १८:५८, काठमाडौँ

नेकपा (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ। 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको छ। 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। 

भक्तपुरको गुण्डुमा असोज २४ र २६ गते बसेको सचिवालय बैठकमा भने ओलीले मौखिक धारणा राखेका थिए। त्यहाँ राखेका धारणालाई लिखितरुपमा दिएर केन्द्रीय कमिटी बैठकमा पेस गरिने गौतमले जानकारी दिए। 

‘भोलिको बैठकमा अध्यक्षले सुरुमै समसामयिक विषय समेटिएको संक्षिप्त प्रतिवेदन पेस गर्नुहुन्छ,’ उनले भने। 

त्यस्तै बैठकको दोस्रो एजेन्डा राजनीतिक प्रस्ताव र तेस्रो एजेन्डा विविध विषयमा छलफल गर्ने रहेको छ। 

भण्डारीको सदस्यताबारे के होला?

सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेल लगायतका धेरै नेताहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय हुन चाहेको हो भने पार्टीको सदस्ता रोक्न नहुने मत राखेका थिए।

तर, अध्यक्ष ओलीले त्यसबारे प्रष्ट धरणा राखेका थिएनन्। केन्द्रीय समिति बैठकमा के होला? गौतम यो विषयमा छलफल नहुने बताउँछन्। ‘केही साथीहरूले कुरा उठाएका छैन्, त्यसमा छलफल त्यो हुँदैन,’ उनले भने।

गत साउनमा बसेको  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता नदिने निर्णय गरेको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad