राजनीति


देउवा भन्छन्: जेनजी आन्दोलनमा सुनियोजित तोडफोड र आगजनी गरियो

देउवा भन्छन्: जेनजी आन्दोलनमा सुनियोजित तोडफोड र आगजनी गरियो

नेपालखबर
असोज २८, २०८२ मंगलबार १५:२०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा सुनियोजित र योजनाबद्ध रूपमा तोडफोड तथा आगजनी गरिएको टिप्पणी गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले त्रासदीपूर्ण घटना भएको बताएका हुन्।  

'यो अकल्पनीय एवं अमानवीय र त्रासदीपूर्ण रूपमा भएको घटना आकस्मिक वा स्वत:स्फूर्तभन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेका छन्,' उनले भने, 'यो अनुसन्धान कसैलाई तात्कालिक नाफाघाटाभन्दा पनि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।'

देशमा हाल सबै महत्त्वपूर्ण अंगको मनोबल गिरेको अवस्था रहेको उनको भनाइ छ। उनले भने, 'अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोबलसाथ काम गर्न आह्वान पनि गर्नुपर्दछ।'

भदौ २४ गते देउवा निवासमा पनि तोडफोड र आगजनी भएको थियो भने उनी र उनकी श्रीमती आरजु राणामाथि निर्घात कुटपिट भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad