राजनीति


सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता गर्ने

सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता गर्ने

नेपालखबर
असोज २६, २०८२ आइतबार १८:७, काठमाडौँ

सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता गर्ने भएको छ। आइतबार बसेको सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी बैठक (पूर्ण बैठक) ले असोज २८ गतेदेखि रिट दर्ता गर्ने निर्णय गरेको हो।  

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सूचना जारी गर्दै गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा अदालतमा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगत भएको अब २८ गतेदेखि सुरु हुने जानकारी दिएका छन्।  

जेनजी आन्दोलनबाट सर्वोच्च पूर्णरुपमा ध्वस्त भएको छ। अहिले त्रिपाल र टेन्टमा इजलास बसेर अदालतले सेवा दिइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad