राजनीति


बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी

बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी

नेपालखबर
असोज २६, २०८२ आइतबार १२:३७, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष जाहेरी दिएको छ।  

भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानीजाहेरी दिएको हो। 
 
नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन्।  २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन्। प्रहरीले जाहेरीबारे अध्ययन गरेर कानुनी प्रक्रियाअघि बढाउने जनाएको नेविसंघले जनाएको छ। 

यसअघि नेकपा एमालेनिकट भ्रातृ संगठन अखिलले पनि उनीहरूविरुद्ध जाहेरी दिएको थियो। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad