राजनीति


गुण्डुमा एमाले सचिवालय बैठक जारी, बाँकी नेताले धारणा राख्ने

गुण्डुमा एमाले सचिवालय बैठक जारी, बाँकी नेताले धारणा राख्ने

नेपालखबर
असोज २६, २०८२ आइतबार १२:२९, काठमाडौँ

नेकपा एमालेको सचिवालय बैठक जारी छ।

भक्तपुरको गुन्डुस्थित केपी शर्मा ओली निवासमा बैठक बसिरहेको एक पदाधिकारीले जानकारी दिए।

शुक्रबारको बैठकमा ६ उपाध्यक्ष एक महासचिव र एक उपमहासचिवले धारणा राखेका थिए। वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डेले पार्टी पुनगर्ठन गरेर जानुपर्ने, अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने माग राखेका छन्। 

यस्तै, उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले ओलीको पक्षमा उभिएका थिए। उनीहरूले पार्टी संकटमा परेको बेलामा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राखेका थिए। 

आजको बैठकमा बाँकी पदाधिकारीले धारणा राख्नेछन्।

जेन–जी आन्दोलनपछि सत्ता छोडेका ओलीलाई तत्काल महाधिवेशन बोलाउन दबाब छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad