नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए।
‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ,’ कोइरालाले भने, ‘मैले शेरबहादुरजीलाई भने- यो मेरो व्यक्तिगत विचार हो। मैले उहाँलाई के भने भने तपाईं (कार्यसमिति) विघटन गर्नुस। एक जनालाई कार्यवाहक सभापति दिनुस्। उनले गठन गर्दछन। र उनले मिति तय गर्दछन्। मलाई लाग्दछ- मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो।’
423
Shares

प्रतिक्रिया