राजनीति


राजनीतिक दल यथास्थितिमा रहन खोजे दुर्घटनाबाट बच्ने स्थिति छैन : प्रचण्ड

राजनीतिक दल यथास्थितिमा रहन खोजे दुर्घटनाबाट  बच्ने स्थिति छैन : प्रचण्ड

तस्बिरः सरोज नेपाल


नेपालखबर
असोज २४, २०८२ शुक्रबार १४:१७, काठमाडौँ

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरू अझैँ पनि यथास्थितिमा रहन खोजे दुर्घटनाबाट बच्न सक्ने स्थिति नरहेको बताएका छन्। 

शुक्रबार सम्पादकहरुसँगको संवादमा उनले सबै आत्म समीक्षातिर लाग्नुपर्नेमा उनको जोड छ। ‘आजको दुनियाँमा राजनीतिक दललाई पुरै माइनस गरेर त्यो हुने कुरा पनि भएन,’ प्रचण्डले भने, ‘तर, राजनीतिक दल यथास्थितिमा रहन खोजे भने दुर्घटनाबाट बच्ने स्थिति पनि छैन।’

‘त्यस कारण पहिलो काम आत्म समीक्षातिर लागौँ। कहाँ गल्ती भयो, पत्ता लगाऊँ,’ उनले थपे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad