राजनीति


असोज २५ गते युवा संघले शक्ति प्रदर्शन गर्ने

असोज २५ गते युवा संघले शक्ति प्रदर्शन गर्ने

फाइल फोटो


नेपालखबर
असोज २३, २०८२ बिहिबार १६:४५, काठमाडौँ

नेकपा (एमाले) ले यही असोज २५ गते शक्ति प्रदर्शन गर्ने भएको छ। पार्टीको भातृ संगठन राष्ट्रियुवा संघ, नेपालले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्‍याली निकालेर शक्ति प्रदर्शन गर्ने भएको हो
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा एमालेका शक्ति हेर्न सरकारलाई चेतावनीसमेत दिएका छन्। 

उनले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी पनि दिए।

‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्।

‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औँलाको भरमा लडेको महेश बस्नेतको टोली हो। केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ’ उनले भने, ‘२५ गते राष्ट्रिय युवा संघ, नेपालले १ बजे काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्‍याली गरेर देखाउँदैछ। युवाको तागत के हो, नेकपा एमालेको तागत के हो?’

युवा संघका पूर्वअध्यक्ष समेत रहेका नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई ‘हावा भरका जेनजी’को उक्साहटमा नलाग्न पनि सुझाव दिए।

भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको उनको भनाई थियो।

उनले सबैभन्दा ठूलो भ्रष्टाचारी वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङ भएको दाबी पनि गरे।

‘सहयोग गर्न तयार छौँ। हाम्रा बारेमा पनि छानबिन गर्नुस्’, उनले भने, ‘तर नेपालको १ नम्बर भ्रष्टाचारी कुलमानबाट थाल्नुस्।’

यस्तै, उनले अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्ने प्रश्न पनि गरे। 

बस्नेतले भदौ २४ गतेको घटनामा काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी अगुवा सुदन गुरुङ भएको दाबी गर्दै उनीहरूमाथि पहिला छानबिन गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad