नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न निमल्ने बताएका छन्।
बिहीबार भक्तपुरमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश भइसकेका व्यक्ति कुनै पनि सरकारी पदमा जान नमिल्ने व्यवस्था संविधानमै स्पष्ट रहेको उल्लेख गरे।
‘नेपालको संविधानले स्पष्ट भन्छ- सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति, पूर्वप्रधानन्यायाधीश, अथवा न्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन,’ ओलीले भने, ‘प्रधानमन्त्रीको, मन्त्रीको त कुरै छोडौँ।’
त्यो थाहा हुँदा हुँदै पनि प्रधानमन्त्री सुुशीला कार्की सडक आन्दोलनमा समेत गएको जिकिर गरे। ‘बन्नै सक्दैन, उहाँलाई राम्ररी थाहा छ। तर, उहाँ सुरिनु भयो। त्यो सुरिनका लागि उहाँ २३ गते जनेजी बनेर सडकमा उत्रिनु भयो। २४ गते सडकमा उत्रिनु भयो,’ ओलीले भने।
वर्तमान सरकार चुनाव गराउने उदेश्यले नबनेको समेत उनको दाबी छ। ‘चुनाव गराउने भनेको त राष्ट्रपतिले तोकिदिएको म्यान्डेट हो,’ ओलीले भने, ‘उहाँहरूको उदेश्य होइन। उहाँहरु जुलुसमा गएर भाषण गरिरहनुु भएको थियो।’
Shares

प्रतिक्रिया