राजनीति


राष्ट्रसंघकी आवासीय संयोजकले भेटिन् प्रधानमन्त्री

राष्ट्रसंघकी आवासीय संयोजकले भेटिन् प्रधानमन्त्री

नेपालखबर
असोज २२, २०८२ बुधबार १९:५०, काठमाडौँ

प्रधानमन्त्री सुषिला कार्कीसँग संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गरेकी छिन्। 

बुधबार सिंहदरबारमा भएको भेटमा संयुक्त राष्ट्रसंघ र नेपालको दृढ साझेदारीलाई पुनः पुष्टि भएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ। 

भेटका क्रममा दुवै पक्षबीच फागुुनमा हुने चुनाव विश्वासिलो र समावेशी गराउन, संक्रमणकालीन न्यायलाई अघि बढाउने, सुशासन प्रवर्द्धन गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ। 

संयुक्त राष्ट्रसंघले नेपालको लोकतान्त्रिक यात्रा र नेपाली जनताको शान्ति, न्याय तथा समृद्धिको आकांक्षामा निरन्तर साथ रहने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad