प्रधानमन्त्री शुशीला कार्कीले विदेशस्थित नेपाली राजदूतहरुसँग भर्चुअल संवाद गरेकी छिन्।
बुधबार परराष्ट्र मन्त्रालयबाट उनले विदेशमा रहेका राजदूतहरुसँग भर्चुल संवाद गरेकी हुन्।
परराष्ट्र मन्त्रालयका अनुुसार नयाँ सरकार बनेपछिको स्थिति, आगामी फागुनमा हुने चुनाव, जेनजी आन्दोलनमा भएको तोडफोड र पछिल्लो समय आएको बाढीका कारण भएको क्षतिको पुनर्निर्माणमा सहयोग जुटाउनेबारे भर्चुअल संवादमा छलफल भएको थियो।
कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछि परराष्ट्रमन्त्री नियुक्त हुन बाँकी छ। मन्त्रालयको जिम्मेवारी उनी आफैंले सम्हाली रहेकी छिन्।
105
Shares

प्रतिक्रिया