राजनीति


ओली र लेखकलाई तत्काल पक्राउ नगरे ‘सडकबाटै देखाइदिन्छौँ’ भनेका छैनौँ : सुदन गुरुङ

ओली र लेखकलाई तत्काल पक्राउ नगरे ‘सडकबाटै देखाइदिन्छौँ’ भनेका छैनौँ : सुदन गुरुङ

नेपालखबर
असोज २१, २०८२ मंगलबार १०:१५, काठमाडौँ

जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताइएपछि आफ्नो समूहले 'सडकबाटै देखाइदिन्छौँ' भनेर धम्की दिएको समाचार झुटो भएको भनी सुदन गुरुङले खण्डन गरेका छन्। 

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘नक्कली समाचार चेतावनी: यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचार मात्र विश्वास गर्नुहोस्।’

यद्यपि जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिका/युवाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न जेनजी टोलीले सरकारलाई दबाब दिइरहेको छ। सुदन गुरुङले सामाजिक सञ्जालमा पनि ओली र लेखकलाई गिरफ्तार गर भन्ने अभियान चलाइरहेका छन्।

तर त्यसरी सडकबाटै देखाइदिने धम्की दिएको भनी गरिएको हल्ला भने सत्य नभएको दाबी गुरुङले गरेका हुन्।

यसबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालुवाटारमै गएर प्रधानमन्त्री कार्कीलाई ओली र लेखकमाथि कारबाही अघि नबढाउनुको कारण मागेका छन् भने जेनजी अगुवा, सहिदका परिवार तथा आन्दोलनका घाइतेहरूले पनि ओली र लेखकलाई तत्काल गिरफ्तार गरी कारबाही अघि बढाउनुपर्ने आवाज उठाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad