राजनीति


उज्यालो नेपाल पार्टीप्रति कुलमानको आक्रोश: दूषित मनसायका साथ असत्य प्रचार

उज्यालो नेपाल पार्टीप्रति कुलमानको आक्रोश: दूषित मनसायका साथ असत्य प्रचार

नेपालखबर
असोज १७, २०८२ शुक्रबार १५:५३, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले आफूसँग सोद्धै नसोधी आफ्नो नाम जोडेर प्रचार गरिएको भन्दै आक्रोश पोखेका छन्।

उनले उक्त पार्टीसँग कुनै सम्बन्ध र संवाद नभएको जानकारी गराउँदै भ्रममा नपर्न सबैलाई आग्रह पनि गरेका छन्।

'उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चारमाध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ', शुक्रबार वक्तव्य जारी गरी उनलेे भनेका छन्, 'सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रस्ट पार्दछु। मसँग कुनै छलफल/सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु। साथै आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु।'

ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा उज्यालो नेपाल पार्टी दर्ताका लागि केही दिनअघि निर्वाचन आयोगमा निवेदन दिइएको छ।

सो पार्टीका विषयमा आज भर्चुअल बैठक गर्न लागिएको र त्यसमा मन्त्री घिसिङ पनि सहभागी हुने भनी हल्ला चलाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad