सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता पार्टीको मुखपत्र नौलो बिहानीका लागि चन्दा उठाइरहेका बेला ललितपुरबाट पक्राउ परेका छन्।
प्रहरीले पाटन औद्योगिक क्षेत्रमा चन्दा उठाउदै गरेका भोजपुरका रोशन देवान राईलाई पक्राउ गरेको हो।
उनी जनवर्गिय संगठनको नेता भएको प्रहरीले जनाएको छ। प्रहरीले राईका साथबाट ८ हजार नगद र चन्दाको रसिद बरामद गरेको छ।
राईलाई ललितपुर परिसरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया