कारोबार


अमेरिका–चीन व्यापार युद्धका चार विजेता

अमेरिका–चीन व्यापार युद्धका चार विजेता

नेपालखबर
असार २३, २०७६ सोमबार १०:३६,

 अमेरिका र चीनबीचको व्यापार युद्धमा चार राष्ट्रलाई विशेष फाइदा भएको देखिएको छ। अमेरिकी केवल न्युज नेटवर्कका अनुसार दुई देशबीचको युद्धमा चार राष्ट्र भियतनाम, ताइवान, बंगलादेश र दक्षिण कोरियालाई व्यापार युद्धको फाइदा भएको छ।

चीनबाट अमेरिकीहरुले थोरै मात्र वस्तु किनिरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको कर छल्न उनीहरुले अमेरिकी उत्पादकहरुलाई समेत अन्य एसियाली देशतर्फ लगिरहेका छन्। दुई देशबीचको तनाव समाधान नहुँदा यस्तो परिस्थिति एक वर्षयता देखापरेको हो।

अमेरिकी सेन्सस ब्युरोको बुधबार प्रकाशित तथ्यांकका अनुसार मे महिनासम्म अमेरिकाले चीनबाट १२ प्रतिशत मात्रै वस्तुआयात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो। तर उक्त अवधिमा ती चार देशबाट अमेरिकामा हुने आयात भने ह्वात्तै बढेको छ। चार देशहरु भियतनामबाट ३६ प्रतिशत, ताइवानबाट २३ प्रतिशत, बंगलादेशबाट १४ प्रतिशत र दक्षिण कोरियाबाट १२ प्रतिशत आयात भएको छ। जुन व्यापारयुद्धपछि बढेको हो।

चीनमा बन्ने उपभोग्य वस्तुहरु बेसबल क्याप, लगेज, बाइकहरु, ह्यान्डब्यागहरु अमेरिकी आयातकर्ताका लागि महंगा भएका छन्। करवृद्धिको प्रभाव मेसिनरी र औद्योगिक वस्तुमा समेत धेरै नै परेको छ। गत हप्तामात्रै राष्ट्रपति ट्रम्पले व्यापार वार्ता पुनः सुरु हुने बताएका थिए। मे महिनामा ट्रम्प प्रशासनले दुई खर्ब डलरका वस्तुमा भन्सार कर १० प्रतिशतबाट २५ प्रतिशत पुर्याएको थियो। चीनले यसअघिको प्रतिबद्धता तोडेको आरोप लगाउँदै उक्त करवृद्धि गरेपछि पुनः थप वस्तुको सूची नै तयार गरेको थियो। ट्रम्पले व्यवसायीहरु चीनबाट व्यवसाय अर्कै देशमा लैजान लागिरहेको जनाउँदै छिट्टै व्यापार सहमति हुने आशा गरेका थिए। अमेरिकी टिभी च्यानेल सीएनबीसीसँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो अपेक्षा गरेका थिए। तर चीन छोडिरहेका कम्पनीहरु स्थायी रुपमै हो कि अस्थायी रुपमा व्यवसाय सारिरहेको स्पष्ट भएको छैन।

तर कतिपयले भने चीनमा निर्मित सामग्रीमाथिको कर छल्न अन्य देशहरु लगेर त्यहाँबाट अमेरिका पठाइरहेको पनि विश्वास गरिएको छ। भियतनामको भन्सार कार्यालयले चिनियाँ वस्तुमा ‘मेड इन भियतनाम’ लेख्ने अवैधानिक कार्यलाई नियन्त्रण गरिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad