राजनीति


अर्थमन्त्री खनाल अमेरिका र ऊर्जामन्त्री घिसिङ भारत जाने

अर्थमन्त्री खनाल अमेरिका र ऊर्जामन्त्री घिसिङ भारत जाने

नेपालखबर
असोज १२, २०८२ आइतबार १७:२२, काठमाडौँ

अन्तरिम सरकारका प्रमुख दुई मन्त्री भारत र अमेरिका भ्रमणमा जाने भएका छन्।

अर्थसचिव रामेश्वर खनाल अमेरिका र ऊर्जामन्त्री कुलमान घिसिङ भारत भ्रमणमा जान लागेका हुन्।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा भाग लिनका लागि मन्त्री कुलमान घिसिङलाई स्वीकृति दिएको छ।

असोज ९ गते बसेको बैठकले संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल र अर्थ सचिव घनश्याम उपाध्यायको भ्रमण स्वीकृत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad