नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएकामा यस उक्त कार्यक्रम नगर्ने भएको छ।
कांग्रेसले विसं २०३३ देखि जननायक बीपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएको हो।
गत भदौ २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमसँगै ७२ जनाभन्दा बढीले ज्यान गुमाएका, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय (सिंहदरबार), संसद् भवन र सर्वोच्च अदालतलगायत राज्यका तीनै अङ्गका सबै तहका भौतिक एवं प्रशासनिक संरचना, प्रहरी कार्यालयहरू, लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका राजनेताहरूको ऐतिहासिक भवन र आश्रम, व्यावसायिक प्रतिष्ठानहरू, पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा आरजु राणा देउवालगायत केन्द्रीय सदस्यहरू एवं पार्टीका विभिन्न तहका नेता साथीहरूमाथि सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।
45
Shares

प्रतिक्रिया