कारोबार


नेपाल लाइफ इन्भेस्टमेन्टको पहिलो साधारणसभा

नेपाल लाइफ इन्भेस्टमेन्टको पहिलो साधारणसभा

नेपालखबर
असोज १२, २०८२ आइतबार १४:११, काठमाडौँ

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले प्रथम वार्षिक साधारण सभा गरेको छ।

कम्पनी सञ्चालक समितिको अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा यही ९ गते साधारणसभा गरेको हो।

सभाले अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२ वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ। त्यसैगरी, आ.व.२०८२/८३ को  लागि लेखापरीक्षक पि. एल. श्रेष्ठ एन्ड कम्पनीलाई नियुक्त गरिएको छ। 

अध्यक्ष अमित कुमार कयालले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीलाई एक उदाहरणीय कम्पनी बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम एवं अनुसन्धान, वैज्ञानिक लगानी विविधीकरण र विश्वव्यापी लगानीको अभ्यासहरुलाई अवलम्बन गरी कार्य भइरहेको बताए। प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आ.व. २०८१/८२ को कार्य प्रगति बारे र आ.व. २०८२/८३ को रणनीतिक योजनाहरुको बारे प्रस्तुतीकरणमार्फत सभालाई जानकारी गराए। 

सभामा मुख्य कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रथम वार्षिक साधारण सभा समयमा सम्पन्न गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्दै यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्वको कम्पनी रहेको जहाँ बीमितहरुबाट संकलित रकम लगानी भएकोले सुरक्षित लगानी गरी राम्रो प्रतिफल लिन गम्भिरतापूर्वक कार्य गर्न व्यवस्थापनलाई आग्रह गरे। मुख्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मूल लगानीको पूर्ण सुरक्षा गर्दै लगानी गर्दा सही समय, सही स्थान र सही प्रतिफल आउने गरी गर्न र मुख्य कम्पनीको ब्राण्ड ख्यातीलाई कम्पनीको विकासमा प्रयोग गर्न व्यवस्थापनलाई सुझाव दिए।

सभाले प्रथम वार्षिक सभासम्मका लागि नियुक्त भएका सञ्चालकहरुलाई धन्यवाद ज्ञापन गर्दै मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका ४ जना (कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाल) लाई संचालक नियुक्तिका लागि अनुमोदन गरेको थियो।

सोही दिन बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ र सवै नवनियुक्त संचालकहरुले पदबहाली गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad