राजनीति


जेनजी आन्दोलनपछि आज पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

जेनजी आन्दोलनपछि आज पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८२ आइतबार ७:३९, काठमाडौँ

जेनजी आन्दोलनपछि आज आइतबार पहिलोपटक एमाले सचिवालय बैठक बस्दै छ। 

अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सचिवालय बैठक दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओलीको डेरामै बस्ने भएको हो। 

बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्री ओलीले शनिबार पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उपस्थित भएर पहिलोपटक सार्वजनिक भाषण दिएका थिए। 

त्यस क्रममा उनले सुशीला कार्की नेतृत्वको वर्तमान नागरिक सरकार जनताको अभिमतबाट नभई तोडफोड र आगजनीका माध्यमबाट बनेको भनी आलोचना गरेका थिए। 

साथै उनले देशलाई अघि बढाउने पार्टी एमाले नै भएको जिकिरसेमत गरेका थिए। 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओली त्यसबेलादेखि नेपाली सेनाको सुरक्षामा थिए।

त्यसको ९ दिनपछि यही असोज २ गते सेनाको ब्यारेकबाट बाहिरिएर उनी भक्तपुरको गुन्डुस्थित डेरामा सरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad