राजनीति


रास्वपालाई चुनावसम्म बनस्थलीमै पार्टी कार्यालय राख्न दिन घरबेटी सहमत

रास्वपालाई चुनावसम्म बनस्थलीमै पार्टी कार्यालय राख्न दिन घरबेटी सहमत

नेपालखबर
असोज ११, २०८२ शनिबार १६:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थि केन्द्रीय कार्यालय रहेको कार्यलय चुनावसम्म नसारिने भएको छ। उक्त घरमा घरबेटीे भरतमणि देवकोटा जेनजी आन्दोलनपछि असुरक्षा महसुस गर्दै ३ महिनाभित्र घर खाली गर्न आग्रह गरेका थिए। 

तर, रास्वपाले चुनावसम्म बस्न दिन आग्रह गरेपछि आफू त्यसमा लागि सहमत भएको उनले बताएका छन्। ‘अन्ततः हामीले हाम्रो सम्झौता अनुसार ३ महिनाभित्र घर खाली गर्न सूचना दियौं,’ देवकोटाले खण्डन जारी गर्दै भनेका छन्, ‘पार्टी नेतृत्वले हाम्रो चिन्तालाई महसुस गर्यो र घर खाली गर्न सहमत भयो। तर, उहाँहरूको अनुरोध करिव ६ महिना वा फागुन (चुनाव) सम्म बस्न दिनुहोस भन्ने थियो। हामीले उहाँहरूको चिन्तालाई पूर्ण रूपमा बुझ्यौं र यसमा आफ्नो लचकता प्रकट गयौँ।’

आफ्नो निवास पनि पार्टी कार्यालय रहेको घरमै रहेको र आफ्नो सम्पत्तिको सुरक्षा ग्यारेन्टी भएकाे महसुस गर्न नसकेपछि  कार्यालय सार्न आग्रह गरेको देवकोटाको भनाइ छ। 

‘मैले यो विषयमा पार्टीका नेताहरूसँग छलफल गरें, केही अल्पकालीन उपायहरू जस्तै बीमा गर्ने (गरियो), नियमित सुरक्षा प्रणालीका साथै सुरक्षाका लागि केही पार्टीका साथीहरू परिसर भित्रै बस्ने (जारी छ), र मैले केही समयका लागि पार्टीको झण्डा र साइनबोर्ड हटाउन सुझाव दिएँ (गरिएन, किन गरिएन मैले बुझ्न सकिन),’ उनले भनेका छन्, ‘पार्टीले सशस्त्र प्रहरी बलको सुरक्षा माग गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ, जुन छिट्टै हुन सक्छ। यी सबै उपायहरू अपनाउँदा पनि, आन्दोलनका क्रममा देखिएको निष्क्रिय सुरक्षा प्रणाली र क्षतिको भयावह अवस्थाले गर्दा हामी सुरक्षित हुनेछौं भनेर म आश्वस्त हुन सकिनँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad