राजनीति


प्रचण्डको प्रस्ताव पारित, नारायणकाजी र जनार्दनको प्रस्ताव छलफलमा

प्रचण्डको प्रस्ताव पारित, नारायणकाजी र जनार्दनको प्रस्ताव छलफलमा

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १७:३६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पारित गर्नै सम्पन्न भएको छ। 

शुक्रबारदेखि प्रज्ञा प्रतिष्ठान, कमलादीमा बसेको बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गरेको हो। 

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पुरक प्रस्ताव राखेका थिए भने  उपमहासचिव जनार्दन शर्माले फरक मत प्रस्तुत गरेका थिए। 

बैठकले दुवै नेताको प्रस्तावलाई समेट्ने र महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad