नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन (शुक्रबार) पनि जारी छ।
कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार सुरु सातौँ पूर्ण बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावमा विभिन्न टोलीका नेता र बाँकी पदाधिकारीले धारणा राखिरहेका छन्।
दिउँसो १२ बजेतिर सुरु दोस्रो दिनको बैठकमा धारणा राख्न टोली नेतालाई १० मिनेट र पदाधिकारीलाई ५ मिनेट निर्धारण गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले जानकारी दिए।






105
Shares

प्रतिक्रिया