बुटवल पावर कम्पनी लिमिटेड (बीपीसीएल)ले सिंगापुर र नर्वेली कम्पनीको हिमाल पावर लिमिटेडमा रहेको सेयर खरिद गर्ने भएको छ।
नेपाल स्टक एक्सचेन्जलाई उपलब्ध गराइएको विवरणअनुसार हिमाल पावरमा रहेको स्टाटक्राफ्ट होल्डिङ सिंगापुर प्रालि सिंगापुरको १ करोड ६८ हजार १ सय ७६ कित्ता सेयर खरिद गर्न लागेको हो।
त्यसैगरी एभिनी एएस नर्वेको नाममा सोही कम्पनीमा रहेको ४५ लाख ९४ हजार ६ सय ११ कित्ता सेयर समेत बीपीसीएलले खरिद गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार उक्त सेयर खरिद बिक्रीको नियामकीय स्वीकृति लिएर सेयर दाखिला खारेजको प्रक्रिया सम्पन्न गरिनेछ। सो हिमाल पावर लिमिटेडले हाल ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।
यससम्बन्धी निर्णय बीपीसीएलको ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो। हिमाल पावरमा कुल चुक्ता १ करोड ७६ लाख ४१ हजार ४ सय ३९ कित्ता सेयर छ।
Shares

प्रतिक्रिया