राजनीति


निर्वाचनमा सक्रिय सहभागिता जनाउन दलहरुलाई प्रधानमन्त्रीको आह्वान

निर्वाचनमा सक्रिय सहभागिता जनाउन दलहरुलाई प्रधानमन्त्रीको आह्वान

नेपालखबर
असोज ९, २०८२ बिहिबार १९:२०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन आह्वान गरेकी छिन्। अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेकी हुन्। 

‘स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत तथा सम्बद्ध सवै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत आह्वान गर्दछु,’ कार्कीको सम्बोधनमा भनिएको छ। 

त्यस्तै आम नागरिकलाई युवापुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आग्रह समेत गरेकी छिन्। 

कार्कीले भनेकी छिन्,‘प्रतिनिधि सभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र युवापुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन म सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई आह्वान गर्न चाहान्छु।’ 

त्यस्तै शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउन धैर्यताका साथ शान्तिपूर्ण वातावरण कायम राख्न पनि प्रधानमन्त्रीको आग्रह छ।

‘निर्वाचन सम्पन्न हुनका निम्ति शान्तिपूर्ण वातावरण कायम हुनु जरूरी छ,’ कार्कीले भनेकी छिन्, ‘तसर्थ, मुलुकका सबै भौगोलिक क्षेत्रमा बसोबास गर्नुहुने दिदीबहिनी तथा दाजुभाईलाई धैर्यताका साथ शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad