नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताएका छन्।
नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ। आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा हल हुने उनको दाबी छ।
गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरुले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो।
प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरूले नेतृत्व छोड्नुपर्ने माग राखेर दबाब दिएपछि माओवादीसहितका राजनीतिक दलका नेताहरूमाथि नेतृत्व परिवर्तनका लागि नेतृत्व छोड्नुपर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ।
‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ' प्रचण्डले भने।
Shares

प्रतिक्रिया