राजनीति


बालेनलाई लक्षित गर्दै ओलीले भने: पहिलेदेखि नै सिंहदरबार जलाउँछु भन्दै थिए

बालेनलाई लक्षित गर्दै ओलीले भने: पहिलेदेखि नै सिंहदरबार जलाउँछु भन्दै थिए

नेपालखबर
असोज ७, २०८२ मंगलबार १८:२९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै गम्भीर टिप्पणी गरेका छन्।  

बालकोटस्थित निवास जेनजी आन्दोलनकारीले जलाएर तोडफोड गरेपछि भक्तपुरको गुन्डुस्थिति निवासमा सरेका उनले देशलाई माया गर्नेहरूले सिंहदरबार नजलाएको तर घुसपेठ गर्नेहरूबाट सिंहदरबार जलाएको भनेका हुन्।  

'देश, इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला त? पक्कै जलाएन। अरू नै कुनै घुसपैठिया तत्त्वहरूले जलाएका हुन्,' उनले भने, 'जो पहिल्यैदेखि भन्दै थिए, सिंहदरबार जलाउँछु भनेर। यो योजनाबद्ध काम हो। यस्तो कुरा हामीले बुझ्नुपर्छ।'

भदौ २४ गते भएको जेनजी आन्दोलनकारीले सिंहदरबारसहित संसद् भवन र सरकारी संरचनाहरू ध्वस्त पारेका थिए। 

बालेनले २०८० भदौ १६ गते सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबार जलाउने चेतावनी दिएका थिए। काठमाडौँको फोहोर सिसडोलमा लैजानेक्रममा संघ सरकारलेको सहयोग नपाएको भन्दै उनले आक्रोश पोखेका थिए।  

'आजका लागि केही भएन भोलि हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार' उनले त्यतिबेला भनेका थिए।   

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad