राजनीति


तुइन खोलामा पहिरो खस्नेक्रम रोकिएन, सडक फेरि अवरुद्ध

तुइन खोलामा पहिरो खस्नेक्रम रोकिएन, सडक फेरि अवरुद्ध

नेपालखबर
असोज ७, २०८२ मंगलबार १६:७, काठमाडौँ

मुग्लिन–नारायणगढ सडक फेरि दुईतर्फी अवरुद्ध भएको छ। तुइनखोला पुलनजिकै खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक आवागमन दुवैतर्फ बन्द भएको सडक डिभिजन भरतपुरले जनाएकोछ।

निरन्तर माथिबाट ढुंगा खसिरहेकाले उपकरण सञ्चालन गरेर पहिराे हटाउन पनि समस्या भइरहेको डिभिजनले जनाएको छ।

यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो।

माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन। जसका कारण दसैँ मनाउन घर हिँडेका हजारौँ यात्री मर्कामा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad