शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको शपथ लिएका महावीर पुनले किताब बेच्दै गरेको मान्छे अपर्झट मन्त्री बन्नु परेको भन्दै अहिले नै यो यो काम गर्छु भनेर नभन्ने बताएका छन्।
शितल निवासमा शपथ लिएपछि पत्रकारहरुसँग बोल्दै उनले भने, ‘अपर्झट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्ने भन्नेर नसोध्नुहोस्।’
उनले विज्ञहरुको सुझाव लिएर छरितो तरिकाले काम गर्ने समेत बताए। ‘विज्ञहरुको सल्लाह, सुझाव माग्छु,’ पुनले भने, ‘राम्रो मान्छेको राम्रो सुझाव लिएर सकेसम्म छितो, छरितो काम हुन्छ।’
यद्यपि उनले विज्ञान प्रविधि र नवप्रवर्तनमा आफ्नो प्राथमिकता रहने स्पष्ट पारे। ‘विज्ञान प्रविधि, नवप्रवर्तन नै मेरो प्राथमिता हुन्छ,’ पुनले भने, ‘त्यतिले मात्रै हुँदैन। शिक्षाप्रति के गर्न सकिन्छ भन्ने कुरा म अहिले बताउन चाहन्नँ।’
Shares

प्रतिक्रिया