राजनीति


‘जेनजी आन्दोलन हाइज्याक गर्न खोजियो, सहिद र घाइतेको अपमान सह्य हुँदैन’

‘जेनजी आन्दोलन हाइज्याक गर्न खोजियो, सहिद र घाइतेको अपमान सह्य हुँदैन’

नेपालखबर
असोज ५, २०८२ आइतबार १६:५७, काठमाडौँ

जेनजी आन्दोलनका घाइतेहरुले आन्दोलनलाई हाइज्यक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरुरूले आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

आन्दोलनका घाइतेहरूले आन्दोलनका सहिद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी पनि दिए।

जेनजीका विभिन्न समूहरूले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन्। जसमा राजनीतिक दलमा आवद्ध युवाहरूले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ।

वास्तविक जेनजी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरूको चेतावनी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad