समाज


पूर्वडीएसपी पनि जेनजीको नेता, माग पूरा नभए विद्रोहमा जाने गृहमन्त्रीलाई चेतावनी

पूर्वडीएसपी पनि जेनजीको नेता, माग पूरा नभए विद्रोहमा जाने गृहमन्त्रीलाई चेतावनी

नेपालखबर
असोज ४, २०८२ शनिबार १७:४४, काठमाडौँ

नेपाल प्रहरीका पूर्वडीएसपी गोविन्द पन्थीले जेनजीले गरेको विद्रोहको भवना अनुसार परिवर्तन नभए पुनः विद्रोह हुने चेतावनी दिएका छन्। 

जेनजी नेपाल गठन गरेर गृहमन्त्री एवं कानुनमन्त्री ओमप्रकाश अर्याललाई ५० बुँदे माग बुझाउँदै माग पूरा गर्न आग्रह गरे।

अवस्था परिवर्तनका लागि जेनजी विद्रोह भएको भन्दै अवस्थालाई यथास्थितिमा राखेर व्यवस्था परिवर्तन गर्न लागेको हो कि भन्ने आशंका आफूहरुलाई भएको उनको भनाइ छ। 

‘अवस्था परिवर्तनका लागि भएको यो आन्दोलन अवस्थालाई जस्ताको त्यस्तै राखेर व्यवस्था परिवर्तनको दिशामा मात्र अगाडि बढ्ने हो कि भन्ने आशंका हामी युवामा छ,’ गृहमन्त्रालयमा आफ्ना माग पेस गर्दैै उनले भने, ‘नयाँ परिस्थिति र परिवेशमा गठन भएको यो सरकारले चुनावसँगै जनताको जिविका, साथै देशमा अस्थिरता ल्याउने, संविधानका प्रावधान संशोधन गर्ने ल्याकत राख्नुपर्छ भन्ने हाम्रो ठम्याइ हो।’

जेनजी विद्रोहको म्यान्डेट समेत यही भएको भन्दै पन्थीले उनीहरूको भावना अनुसार काम नभए पुनः विद्रोह हुने चेतावनी समेत दिए।

‘जेनजी विद्रोहले दिएको म्यान्डेट पनि यही हो,’ उनले भने, ‘जेनजी विद्रोहको भावनाप्रति मौजुदता संविधानको व्यवस्थबाट समाधान खोज्ने प्रारम्भिक रुझानप्रति हामी जनेजी नेपालको तर्फबाट तपशीलको माग राख्दै माग पूरा नभए पुनः विद्रोहमा जाने चेतावनी दिन्छौँ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad