राजनीति


सेनाबाहेक सिंहदरबारमा कसैले आगजनी गर्नै सक्दैन : बिजुक्छे

सेनाबाहेक सिंहदरबारमा कसैले आगजनी गर्नै सक्दैन : बिजुक्छे

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८२ शनिबार १६:२२, काठमाडौँ

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली सेनाबाहेक अरू कसैले पनि सिंहदरबार जलाउन नसक्ने दाबी गरेका छन्। 

भक्तपुरको ख्वप कलेजमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘सिंहदरबारमा सेनाबाहेक कसैले त्यो (आगजनी) गर्नै सक्दैन्। सिंहदरबारमा बाहिरबाट कसैले गर्नै सक्दैन, भित्रैबाट गरेको हो।’

जेनजीको आन्दोलनमा भएको आगजनीमा अमेरिका र भारतको हात रहेको पनि बिजुक्छेको दाबी छ। त्यसमा नेपालीलाई नै प्रयोग गरिएको उनको भनाइ छ।

‘उनीहरूले नेपालीहरूलाई नै प्रयोग गर्दैछन्, त्यस कारण विदेशमा नेपाली सेनालाई पठाउनुहुन्न भन्ने कारण त्यही हो,’ बिजुक्छेले भने।

युवाहरूले क्रान्ति गर्‍यौँ भन्ने ठानेको भए पनि त्यस्तो नभएको उनको भनाइ छ। ‘उनीहरूले हामीले इमानदारीपूर्वक क्रान्ति गर्‍यौँ सोचिरहेका होलान्,’ बिजुक्छेको भनाइ छ, ‘जबकि त्यो क्रान्ति होइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad