राजनीति


यातायात व्यवस्था विभागमा बेल्चा चलाउँदै मन्त्री कुलमान

यातायात व्यवस्था विभागमा बेल्चा चलाउँदै मन्त्री कुलमान

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १२:५७, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त काठमाडौँको बानेश्वरस्थित यातायात व्यवस्था कार्यालय सरसफाइमा पुगेका छन्। 

शुक्रबार बिहान पौने १२ बजेतिर यातायात व्यवस्था विभागमा कर्मचारी र सफाइमा खटिएका कर्मचारीसँगै बेल्चा लिएर फोहोर उठाउन पुगेका हुन्।

भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा उक्त कार्यालय क्षतिग्रस्त भएको थियो। 

घिसिङ मन्त्री भएसँगै सरसफाइ र पुनर्निर्माणलाई प्राथमिकता दिएका छन्। उनले आगोलागी र तोडफोडले ध्वस्त सिंहदरबार पनि सरसफाइसँगै रंङरोगन गर्न निर्देशन दिएका थिए। 

बिहीबारदेखि सिंहदरबारस्थित मन्त्रालयका बाहिरीभाग रङरोगनको काम भइरहेको छ। त्यस्तै उनले सडकका खाल्डाखुल्डी पुर्न पनि सम्बन्धित महाशाखालाई निर्देशन दिएसँगै उक्त काम पनि सुरु भइसकेको छ।  

आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad