ad ad

राजनीति


अध्यादेशका विषयमा छलफल गर्न कांग्रेसले बोलायो सर्वदलीय बैठक

अध्यादेशका विषयमा छलफल गर्न कांग्रेसले बोलायो सर्वदलीय बैठक

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १०:५७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको विरोधमा सर्वदलीय बैठकको तयारी गरेको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकार शर्माले आफूहरु सर्वदलीय बैठकको तयारी गरेको जानकारी दिए।

‘सरकारको ल्याएका दुई अध्यादेशका विषयमा छलफल गर्न कांग्रेसले सर्वदलीय बैठकको तयारी गरिरहेको छ’, प्रवक्ता शर्माले नेपालखबरसँग भने, ‘अहिले हामी दलहरुसँग छलफलमा छौँ।’

प्रवक्ता शर्माले संसदमा रहेका दलहरुबीच छलफल हुने बताए।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले कांग्रेसले अध्यादेशका बारेमा छलफल गर्न सर्वदलीय बैठकमा आफूहरुलाई पनि डाकेको बताए।

‘अध्यादेशका विषयमा साझा धारणा बनाउन कांग्रेसले सर्बदलीय बैठक डाकेर हामीलाई पनि बोलाएको छ’, यादवले नेपालखबरसँग भने, ‘त्यो बैठकमा हाम्रो पार्टीको सहभागित रहन्छ।’

यादबले कांग्रेसले बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक डाकेको जानकारी दिए।

सरकारले सोमबार सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको सवत्र विरोध हुँदै आएको छ।

मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारकिो बैठकले अध्यादेश लोकतान्त्रिक संविधानलाई असफल बनाउन षडयन्त्र भएको ठहर गरेको छ। मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले संविधानको भावना विपरित संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याइएको जनाएको छ।

बैठकले कोरोनाको संक्रमणका विरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको र अझ शसक्त भएर लड्नुपर्ने बेला संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचका साथ ल्याइएको अध्यादेशलाई बैठकले जनताको जीवनप्रतिको उदासिन ब्यवहार र लोकतान्त्रिक संविधानका लागि अशुभ संकेतका रूपमा लिँदै भत्सर्ना र खेद व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .